
कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन तथा सिकाई सामग्री उपलब्ध गराइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भइरहेको बेला अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।
